नियम ४६
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समिति
(१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा व्यवस्थित तथा मर्यादित रुपमा सञ्चालन गर्नको लागि प्रत्येक जिल्लामा देहायका सदस्यहरु रहेको एक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समिति रहनेछः–
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) जिल्ला प्रहरी कार्यालयको प्रमुख – सदस्य
(ग) जिल्ला शिक्षा अधिकारी – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) परीक्षा केन्द्र तोक्ने,
(ख) केन्द्राध्यक्ष र अन्य आवश्यक कर्मचारी नियुक्त गर्ने,
(ग) आफ्नो जिल्लाभित्र मर्यादित र निष्पक्ष ढंगले परीक्षा सञ्चालन गर्ने,
(घ) मन्त्रालय वा परीक्षा समितिले तोकिदिए बमोजिमको अन्य काम गर्ने गराउने ।